28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

हिन्दुराष्ट्र लगाएत २२ मुदे माग राखी राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र (मागहरु हेर्नुहोस)

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५  

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुुलुकलाई हिन्दुराष्ट्र घोषणा ग मानुपर्न लगाएतका २२ बुुुुदे मागहरु अघि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार पार्टी अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखि प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ ।

पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दबाव दिन भन्दै मंगलबारबाटै जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानमन्त्री ओलीले सो ज्ञापन पत्र बुझ्दै राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका थिए । उनले दलीय स्वार्थभन्दा  माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने बताए ।

ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न सरकार क्रियाशील रहेको बताए ।

 

 

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५     4:48:38 PM  |

प्रतिक्रया दिनुहोस्