अपडेट : विद्यार्थी बोकेको बस दुर्घटना ४ जनाको मृत्यु, ८ घाइते

बागलुङ । बागलुङको जैमिनी नगरपालिका, ८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते भएका वडाध्यक्ष विजय शर्माले जानकारी दिए ।

विद्यार्थी तथा अभिभावक बोकेर जनकल्याण माविको वार्षिकोत्सव मनाएर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा जीपमा करिब १५ जना यात्रु रहेका थिए ।

घाइतेको उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ  ।बागलुङका प्रमुख जिल्ला अधिकारी र मेडिकल टीमसहितको टोली उद्धार कार्यका लागि घटनास्थलतर्फ जाँदै छ । दुर्घटनाको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्