22 January 2020  |   बुधबार, माघ ८, २०७६

 प्रधानमन्त्री ओलीले बुधबार सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधन गर्ने

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५  

धनगढी  । प्रधानमन्त्री केपी ओलीले बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशमा पुगेका प्रधानमन्त्री ओलीको प्रदेश सभा बैठकमा सम्बोधनका लागि भौतिक व्यवस्थापनदेखि संसद भवन सजावटलगायत आवश्यक तयारी पूरा भएको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए ।

उनका अनुसार संसद भवनमा प्रधानमन्त्री ओलीका लागि सभामुखको विशेष स्थानमा व्यवस्था गरिएको छ । संसद भवनमा प्रधामन्त्री आलीले सभामुखको कार्यकक्षसँगै बनाइएको कक्षमा आराम गर्ने छन् । प्रधानमन्त्री ओलीलाई सभामुख अर्जुनबहादुर थापा र मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्ने कार्यक्रम छ । बैठक सुरु भएपछि सभामुखले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने छन्, भने उनको सम्बोधनपछि बैठक समापन हुनेछ ।

बैठकपछि प्रधानमन्त्रीले सांसदहरुसँग सामुहिक फोटो खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन सुन्न आउने व्यक्तिहरुका लागि संसद कक्षको पछाडि बस्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा परिसर सिंगारिएको छ ।

प्रदेश सभा कक्षमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेश सभामा सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले धनगढीमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५     9:49:27 PM  |

प्रतिक्रया दिनुहोस्