जाजरकोटमा ठकुरी सहयोग संजालको राज परिषद सर्वसम्मत चयन, अध्यक्षमा राज विक्रम शाह

जाजरकोट । राष्ट्रिय प्रजातन्त्र दिवशको अबसर पारी जाजरकोटमा  ठकुरी सहयोग संजालको जिल्ला राज परिषद गठन गरिएको छ । आज कार्यक्रमकाबीच राज विक्रम शाहको अध्यक्षतामा १९ सदस्यीय जाजरकोट जिल्ला राज परिषद सर्वसम्मत चयन गरिएको हो ।

(तस्वीर संजालको फेसबुकबाट )

जसको बरिष्ठ उपाध्यक्ष्यमा बीर बहादुर शाही, उपाध्यक्ष्यमा , दीपेन्द्र बहादुर सिंह, महासचिवमा रेशम बहादुर शाही, सचिव, जानुका चन्द र कोषाध्यक्ष्यमा  कमला सिंह रहनु भएको छ ।

सदस्यहरु:
७) सदस्य, भद्र बहादुर शाही
८) सदस्य, अमर बहादुर शाही
९) सदस्य, दीप बहादुर शाही
१०) सदस्य, जनक शाही
११) सदस्य, सरीता सिंह
१२) सदस्य, अमर जंग शाह
१३) सदस्य, तिलक कुमार चन्द
१४) सदस्य, प्रवेश जंग शाह
१५) सदस्य, राम बहादुर शाही
१६) सदस्य, कर्ण बहादुर शाही
१७) सदस्य, अशोक बहादुर सिंह
१८) सदस्य, मनरुपा सिंह
१९) सदस्य,यसोधा शाही छन ।

ठकुरीहरुको संस्कृति र पहिचानलाई जोगाइ राख्न, सम्पुर्ण नेपाली बीचको जातीय सद्भावलाइ कायम राखि  विश्व ठकुरीहरुको साझा थलो ठकुरी सहयोग संजालमा एकीकृत भएको, जिल्ला राज परिषदको गठनले ठकुरी एकताको अभियानमा एक सिढी थपिएको जनाइएको छ ।

कार्यक्रम कर्णाली प्रदेश संयोजक प्रकाश बाबु चन्द राजाको सभापतित्वमा सम्पन्न जिल्ला भेलामा प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख देब बहादुर शाही, विशिष्ट अतिथिमा प्रदेश पाँच प्रमुख संयोग जंग शाह तथा अतिथिहरुमा नेपाली कांग्रेसका युवा नेता बेदराज सिंह, नेकपाका युवा नेता बिश्व बिक्रम शाह लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रया दिनुहोस्