मोटरसाईकल दुर्घटनामा परि बझाङमा २ जनाको मृत्यु

बझाङ। मोटरसाईकल दुर्घटनामा परि बझाङमा२ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

गएराती तमैल बजार बाट सदरमुकाम चैनपुर तर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको मोटरसाईकल दुर्घटना हुदा जयपृथ्वी नगरपालिका वडा नम्बर १० का मोटरसाईकल चालक २३ बर्षिया पवन छत्याल र जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का २२ बर्षिया प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएको बझाङ  प्रहरीले जनाएको छ ।

बझाङका प्रहरी नायब उपरिक्षक प्रविण धिताललेका अनुसार दुर्घटनामा परि आकास बहादुर सिहँ गम्भिर घाईते भएका छन् । घाईते सिहँको जिल्ला अस्पतालमा उयचार भै रहेको छ ।

दुर्घटना बारे कसैलाई पनि जानकारि नभएको तर गम्भिर घाईते सिहँ बुधबार विहान होस मा आए पछि उनले दुर्घटना बारे जानकारि गराए पछि मात्रै थाहा भएको प्रहरीले जनाएको छ । मोटरसाईकल सडक बाट झण्डै ४०।५० मिटर तल खसेको थियो ।

प्रतिक्रया दिनुहोस्