27 January 2020  |   सोमवार, माघ १३, २०७६

४१ वर्षीया महिला माथि वडाध्यक्षले हेल्मेट प्रहार गरेपछि…

    | प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५  

रुकुम । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन् ।

निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ ।

वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुंगा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताए । कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ ।

अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनी महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्यसमेत थिइन् ।

आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

यस घटनाबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५     10:53:37 PM  |

प्रतिक्रया दिनुहोस्