18 July 2019  |   बिहिबार, साउन २, २०७६

Samsung ले सार्बजनिक गर्यो स्क्रीन फोल्ड गर्न मिल्ने स्मार्टफोन Galaxy Fold (हेर्नुहोस )

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५  

काठमाडौ । विश्व प्रसिद्ध इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो नया फ्लेगशीप स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सैन फ्रेसिस्कोमा आयोजित UNPACKED- 2019 कार्यक्रमकाबीच सामसुङले यो नयाँ मोडेलको स्मार्ट मोबाइल फोन लन्च गरेको हो ।

सामसुङले सबैभन्दा पहिलो पटक यो मोडिने खालको स्क्रीनको साथमा Galaxy Fold स्मार्ट फोन सार्वजनिक गरेको हो । सामसुङले नयाँ मोडेलको यो स्मार्ट फोन को  शुरुआत Galaxy Fold को साथ गरेको जनाएको छ । यो स्मार्ट फोन सामसुङले धेरै पहिला देखिनै सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

यसको बजार मुल्य भने १९८० अमेरिकी डलर रहेको छ । सामसुङले यसको बिक्री वितरण भने आउदो अप्रिल ६ देखि गर्ने जनाएको छ । जुन स्मार्टफोन 5G कनेक्टिविटीको साथमा बजारमा आउने छ ।

Galaxy Fold लाई बन्द गरेपछि यसको डिस्प्ले ४.६ इन्चको रहनेछ । तर यसलाई ओपन गर्दा ७.३ इन्चको डिस्प्लेमा खुल्ने छ । यो मोबाईल फोन ४ ओटा कलरमा उपलब्ध हुनेछ । यो स्मार्ट  फोनले मोबाईल र ट्याव दुबैको काम गर्ने सामसुङले जनाएको छ । यसमा ७nm को प्रोसेसर र १२GB र्याम हुनेछ ।

सामसुङका अनुसार यो स्मार्ट फोनमा Infinity Flex डिस्प्ले हुनेछ । साउंड क्वॉलिटी को लागि भने AKG ऑडियो हुनेछ । यसमा एक साथ तीन एप एकैपटक प्रयोग गर्न सकिनेछ ।  यूट्यूब भिडियो, म्यासेज र म्याप  एक साथ प्रयोग गर्न सकिनेछ । अर्कोतिर यो स्मार्ट फोनमा दुई डिस्प्लेको प्रयोग गरिएको छ जुन एकैपटक काम गर्नेछ्न ।

यसमा दुई ओटा ब्याट्री उपलब्ध हुनेछ्न जुन एकसाथ कनेक्ट गरिएको छ । जसले गर्दा व्याट्री व्यापक समेत निकै राम्रो हुने बताइएको छ । Galaxy Fold मोबाइल फोनमा सवै ७ क्यामरा रहेका छ्न ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५     2:31:32 AM  |

प्रतिक्रया दिनुहोस्