25 January 2020  |   शनिबार, माघ ११, २०७६

ठेलाठेल र पेलापेल गर्दै नेविसंघद्वारा कांग्रेस पार्टी कार्यालय घेराउ

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५  

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी कार्यालय घेराउ गरेको छ ।

बिहिबार नेविसंघका नेता–कार्यकर्ताले नाराबाजी सहित पार्टी कार्यालय सानेपा घेराउ गरेका हुन्। उनिहरुले आफ्ना पदाधिकारीको ३२ वर्ष उमेर हद कायम गर्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए ।

नेविसंघका कार्यकर्ताले पार्टी उपसभापति विमलेन्द्र निधिले आफूहरुमाथि अभद्र व्यवहार गरेको आरोप समेत लगाए । निधिविरुद्ध नेविसंघका नेताहरुले नाराबाजी समेतगरेका हुन्।

आफ्नै घरमा समेत आफूहरुमाथि दुर्व्यवहार भएको नेविसंघका नेता कार्यकर्ताले पार्टीको रबैयाप्रति दुखेसो गरेका छन्।नेता निधि पार्टी कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघ नेता–कार्यकर्ताले नाराबाजी गरेपछि केही समय धकेलाधकेल समेत गरेका छन्।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५     6:24:56 PM  |

प्रतिक्रया दिनुहोस्