22 January 2020  |   बुधबार, माघ ८, २०७६

आर्थिक अनियमितताको ठहरसहित समाज कल्याण परिषद्का पदाधिकारी बर्खास्त

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५  

काठमाडौं । सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ ।

बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई बखास्त गरेको हो । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो ।

सिंहदरबारमा आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले आर्थिक अनियमिताका कारण उनीहरुलाई हटाइएको बताए। बदनियतपूर्वक र कानून विपरीत काम गरी समाजकल्याण परिषदलाई हानी पुर्याएकाले पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

समाजकल्याण परिषदको कार्यकारी समितिका पदाधिकारीहरुमाथि छानविन गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ। परिषदमा भएको आर्थिक, प्रशासनिकलगायतका अनियमिताताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय पनि सरकारले गरेको मन्त्री बास्कोटाले बताए ।

सरकारले आर्थिक अनियमितता गर्नेहरुलाई छुट नदिने बताउँदै सरकारले गरेको यो निर्णयले यो कुराको पुष्टि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका प्रवक्ता बास्कोटाको दावि छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५     6:29:37 PM  |

प्रतिक्रया दिनुहोस्