एनसेलको कार्यालयमा बम विस्फोटमा परी गम्भीर घाइते गुरुङको मृत्यु

काठमाडाैं । ललितपुरको भैँसेपाटीस्थित एनसेलको कार्यालयमा शुक्रबार बेलुका भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।

उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका डिएसपी अपिल बोहोराले जानकारी दिए । उनी पूर्व ब्रिटिस आर्मी हुन् । शुक्रबार बेलुका ८ बजेर ५ मिनेटको समयमा भएको विस्फोटमा परी प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पनि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटका कारणा एनसेलको कार्यालयभित्र समेत क्षति पुगेको छ । घरका सिसाहरू फुटेका छन् । प्रारम्भिक अनुसन्धानमा प्रेसर कुकर बम विस्फोट गराइएको हुन सक्ने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिल बोहराले बताए ।घटनास्थलमा कुनै पर्चा भेटिएको छैन भने कसैले जिम्मेवारी पनि लिएको छैन । प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ । – नयाँ पत्रिका

 

प्रतिक्रया दिनुहोस्