अज्ञात समुहको गोली प्रहारबाट घरमा बसिरहेकि महिलाको मृत्यु

नवलपरासी । यहाँको वाणगंगा नगरपालिका- ४ कुवेरापुरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।

गए राति दुईजनाकाे समूहमा अाएका अपरिचितले ती महिलामाथि गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएकाे छ । ती महिला खाना खाएर घरमै बसिरहेकाे बेला उनीमाथि अचानक गाेली प्रहार भएकाे हाे ।

गाेली लागेर मृत्यु हुनेमाअ रहेको खुलेकाे हाे । उनको शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको छ ।

गाेली प्रहारलगत्तै दुवैजना फरार भएकाे र उनीहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । गाेली हान्नुकाे कारणबारे खुल्न सकेकाे छैन ।

प्रतिक्रया दिनुहोस्