28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

    | प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५  

भारत । भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ ।

“मदीरा सेवन गरी विरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,” विरामीको उपचारमा सम्लग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताए । “उनीहरूको मदीरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ ।”

बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदीरा सेवन गरेको केही समयमा नै उनीहरू विरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले एएफपीलाई बताए । रासस/एएफपी

 

 

प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५     9:48:59 AM  |

प्रतिक्रया दिनुहोस्