27 January 2020  |   सोमवार, माघ १३, २०७६

पुर्व राजा शाहको धार्मिक भ्रमण -तराई र पुर्वका दर्जन बढी जिल्लादेखि सिक्किम हुदै दार्जिलिङसम्म

    | प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५  

काठमाडौं । पछिल्लो समय मुलुकमा राजतन्त्र सहित हिन्दु राष्ट्रको मुद्दामा चर्को बहस चलिरहेको बेला पुर्वराजा ज्ञानेन्द्र शाहले दर्जन बढी जिल्लाको भ्रमण गर्नुहुने भएको छ ।

दरबार निकट स्रोतले दिएको जानकारी अनुसार शाहको यसवर्ष तराईका दर्जबढी जिल्लादेखि सिक्किम र दार्जीलिङसम्म धार्मिक भ्रमणको कार्यक्रम हुनेछ । शाहले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यद्यपि भ्रमणको मिति भने एकिन रूपमा सार्बजनिक नगरिएपनि यहि फागुन २० गतेपछि पुर्वराजा शाहले तराई केन्द्रीत भ्रमणमा निस्कनुहुने जनाइएको छ ।

शाहले यश वर्ष मध्यतराई र पूर्वाञ्चल क्षेत्रमा रहेका विभिन्न जिल्लाका धार्मिक स्थल तथा शक्ति पिठहरुमा अबलोकन भ्रमण गर्ने तयारीमा रहनुभएको छ। शाहको यो वर्ष तराईको पहिलो भ्रमण जनकपुर हुनेछ। त्यसपछि तराईका सिराहा, सप्तरी, महोत्तरी, काँकडभिट्टा, उदयपुरलगायत एक दर्जनभन्दा बढी जिल्लाको भ्रमणको तय गर्नुभएको छ।

पुर्वराजा शाहले आफ्नो धार्मिक भ्रमणका लागि सिक्किम र दार्जिलिङ सम्मको कार्यक्रम तय गर्नुभएको छ। आफ्नो भ्रमण ,सुरक्षा लगाएतको विषयमा शाहले यही दोस्रो सातादेखि रेकी गर्ने कार्यक्रम तय भएको छ।

शाहको विभिन्न धार्मिकस्थल तथा शक्तिपिठको भ्रमणको तयारी गरेपछि  स्थानीय राजावादी र विभिन्न दलका कार्यकर्ता त्यसलाई सफल पार्न हरप्रयासमा लागिरहेका छन्। समितिमार्फत ज्ञानेन्द्रको भ्रमणको मिति तोकिएको छ।

स्रोतले दिएको जानकारी अनुसार पुर्वराजा शाह अझै करिब डेढ महिना दमक बस्ने र त्यहींबाट पश्चिम बंगालको सिक्किम र दार्जिलिङलगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको छ।’

स्मरण होस,पुर्वराजा शाहले अघिल्लो वर्ष दमक पुग्दा तीनवटै राप्रपाका तेस्रो तहका नेतासँग भेट गरी सबै हिन्दू धर्म र राजसंस्थाप्रति लगाव भएका राजनीतिक दल एकढिक्का भएर हिन्दूराज्यको पक्षमा लाग्न आग्रह गर्नुभएको थियो।

करिब दुई महिनाअघि पु्स २ गते पोखरा पुग्नुभएका ज्ञानेन्द्रले भेट गरेका अधिकांशले हिन्दू धर्म र राजतन्त्रलाई सँगै लैजानुपर्ने विषयमा बहस गरेका थिए।

प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५     7:33:24 PM  |

प्रतिक्रया दिनुहोस्