27 January 2020  |   सोमवार, माघ १३, २०७६

मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बन्दै

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौं । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो ।

लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँठाउँमा खाल्डाखुल्डी देखा परेका छन् । यिनै खाल्डोमा परी दिनहुँजसो सडक दुर्घटना हुने गरेका हुन् ।

खाल्डोमा परी विशेषगरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ ।

जीर्ण अवस्थामा पुगेको राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय नेपालगञ्जले टेन्डर आह्वान गरे पनि प्रक्रियामा समस्या आएपछि ढिलाइ भएको जनाएको छ । –नागरिक दैनिक

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     6:48:24 AM  |

प्रतिक्रया दिनुहोस्