28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

कमजोर पासवर्ड राखिदा बैंक तथा वित्तीय क्षेत्र जोखिममा

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौं। संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरु साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ ।

साइबर सुरक्षा सम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।

थ्रेटनिक्स रिपोर्ट नाम दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ । प्रतिवेदनअनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्नेगरी इन्टरनेटमा भेटिन्छन् । –कान्तिपुर दैनिक

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     6:50:25 AM  |

प्रतिक्रया दिनुहोस्