23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

अमेरिकामा एक नेपालीको गोली हानी हत्या,प्रेमिका पनि मारिइन !

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा हतियारधारी व्यक्तिले गोली चलाउँदा नेपालीको हत्या भएको हो ।

हत्या गरिएकामा लम्जुङ घर भएका सुभाष घले छन् । उनले त्यहाँ टीमार्ट सञ्चालन गर्दै आएका थिए । ती व्यक्तिको आक्रमणमा अर्का व्यक्तिको पनि मृत्यु भएको छ । मारिनेमा हतियारधारी व्यक्तिको प्रेमिका भएको बताइएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     12:15:11 PM  |

प्रतिक्रया दिनुहोस्