25 January 2020  |   शनिबार, माघ ११, २०७६

एनसेलमा बम आक्रमणको जिम्मा विप्लवले लियो,यस कारण गरिएको रहेछ बिस्फोट !

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौं । एनसेलको मुख्यालयलाई लक्षित गरी शक्तिशाली बम विस्फोट र २० भन्दा बढि टावरमाथी गरिएको आक्रमणलाई विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।

शुक्रवार एकै रातमा एनसेलमाथी ठुलो आक्रमण भएको थियो । आक्रमण भएको तीन दिनपछि विप्लव नेकपाले घटनाको जिम्मा लिएको छ ।
एनसेलमाथी आक्रमण गर्नुको पाँच कारण पनि खुलाएको छ । ७२ अर्बभन्दा बढि राज्यलाई कर नरिको, सर्वाेच्च अदालतको फैसला उलंघन गरेको, नाफाको केही अंशपनि नेपालमा लगानी नगरी विदेशमा लिएको, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथी खलल पुरयाउन दलाल पूजीवादलाई संस्थागत गरेको र नेपाल सरकारको स्वामित्वमा रहेको दुरसञ्चारबाट ठुलो जनशक्ति खरिद गरी उपभोक्ता बढाएकोले कारवाही गरिएको विप्लव नेकपाले जनाएको छ ।
आक्रमण विप्लव नेतृत्वको नेकपाले गराएको र त्यसको डकुमेन्ट आफुसँग भएको दावी गृहमन्त्री रामबहादुर थापाले गरिरहेका बेला घटनाको जिम्मा लिएको छ । घटनाको जिम्मा लिँदै विप्लव नेकपाले मानवीय क्षति भएकोमा भने दुख ब्यक्त गरेको छ ।

शुक्रवार भएको नख्खु बम आक्रमणमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते छन् । सर्वसाधरण घाइते भएपछि आक्रमणकारीमाथी चौतफी आलोचना गरिएको छ । घटनाको जिम्मा लिँदै मानवीय क्षति भएकोमा दुख पनि जनाएको छ । नेकपाले एक बिज्ञप्ती जारी गर्दै देश लुट्ने एनसेललाई कारवाही गर्दा मानवीय क्षति हुन पुगेको जनाएको छ ।

 

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     4:36:39 PM  |

प्रतिक्रया दिनुहोस्