25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

फागुन १५ बाट कैलाली देखि पाँचथरसम्मका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको अभियान सुरु हुँदै

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौं। सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि यही फागुन १५ गतेदेखि अभियान सुरु गर्ने भएको छ।

सरकारले यसअघि औषधी खुवाएको तर रोग निवारण नभएको जिल्लामा पुन: औषधी खुवाउन लागेको स्वास्थ्य सेवा विभाग अन्तगर्तको ईंपिडिमियोलोजी तथा रोग निणन्त्रण महाशाखाले जनाएको छ।

१५ गतेदेखि औषधी खुवाइने १५ जिल्लाहरुमा पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लम्जुङ, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भएको ईंपिडिमियोलोजी तथा रोग निणन्त्रण महाशाखाले जनाएको छ।

सरकारले हालसम्म ६३ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाइसकेको जनाएको छ।

हात्तीपाइले रोग फाइलेरिया नामक पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्छ। हालसम्म यस रोगको औषधी १० करोडभन्दा बढीले सेवन गरिसकेका छन्। यस वर्षबाट हात्तीपाइले रोगको औषधी खुवाउन स्थानीय तहलाई नै जिम्मा दिएको महाशाखाले जनाएको छ। सरकारले यस वर्ष हातिपाइले रोगको औषधी ७८ लाख ४१ हजार लक्षित जनसंख्याका लागि २० करोड ६० लाख ७० हजार रूपैयाँ विनियाजेन गरेको जनाइएको छ।

नेपालमा यस रोगका विरामी करिब ३० हजार छन्।”ल
हातखुट्टामा निलोकालो धर्साहरु देखिने, सुन्निने, शरिरमा गिर्खा आउँने, गिर्खा विस्तारै बढ्‍दै जाने, ज्वरो आउने, शरिरमा काँप्ने, पिसाब सेतो वा रातो आउँने लगायतका लक्ष्ण देखिएमा  हातिपाइलेको लक्ष्ण रहेको डा लाल बताउँछन्।

हातिपाइलेको औषधी खाली पेट खान नहुने, दई वर्ष उमेर नपुगेका बालबालिकालाई गर्भवती र सात दिनसम्मको सुत्केरी, सिकिस्त बिरामी , गम्भीर रोगको औषधी सेवन गरिरहेकाहरुले हात्तीपाइलेको औषधी सेवन गर्न नहुने चिकित्सकहरुले सल्लाह दिएका छन्।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     5:52:40 PM  |

प्रतिक्रया दिनुहोस्