24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

संरक्षणको पर्खाइमा पुरैना ताल, स्थानीयको सक्रियता ,यसको बिशेषता र महत्व

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

इन्दु केसी सुखड । पर्यटकीय क्षेत्रको निकै ठूलो सम्भावना बोकेको कैलालीको बर्दगोरिया गाउँपालिका स्थित पुरैना ताल  प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

यो तालको संरक्षण र प्रचारप्रसार गर्न सकेमा स्थानीय स्तरको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । करिब १३ विगाहा क्षेत्रफलमा फैलिएको सुन्दर तालमा ढुंगा समेत संचालन गर्न सकिन्छ । आन्तरिक पर्यटकको हवका रूपमा यस तालको विकास गर्न सकेमा मात्रै पनि यहाँको आर्थिक विकासमा मद्दत पुग्नेछ । ताल वरपरका दुईवटा तालले यो तालको बनावटमा अझ थप सुन्दरता थपिएको छ ।

स्थानीय नागरिकले तालको संरक्षण सम्बर्द्धन र पहिचानका लागि सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउदै आएका छ्न । स्थानीय स्तरको धार्मिक तथा सास्कृतीक महोत्व बोकेको यस तापको विकास र सम्बर्द्धनमा जोड दिएका खण्डमा आर्थिक तथा सामाजिक क्षेत्रमा समेत राम्रो प्रभाव पर्ने स्थानीयको भनाई छ ।

स्थानीय स्तरको प्रयास र सक्रियता
बर्दगोरीया वडा न ४ स्थित पुरैना ताल राजमार्ग देखि करिब ३ किलोमीटर उत्तरतर्फ अवस्थित रहेको छ । यस तालको प्रचारप्रसारका लागि भन्दै बर्दगोरीया शिवरात्री पुरैना ताल पहिचान  महोत्सबको आयोजना  गरिदै छ । मुडा बजार व्यवस्थापन समितिले यहि फागुन १७ देखि २१ गतेसम्म  महोत्सवको आयोजना गर्दैछ ।

धार्मिक तथा सास्कृतिक पहिचान र पर्यटन पर्वद्धनमा योगदान पुर्याउने उदेश्यले पुरैना ताल पहिचान महोत्सवको तयारी थालिएको बजार ब्यवस्थापन समितिका अध्यक्ष मिथुन गौतम बताउनुहुन्छ । विगत ३ वर्षदेखि महोत्सबको आयोजना गर्दै आएको समितिले यस वर्ष पुरैना ताललाइ प्रथामिकतामा राखि महोत्सबको आयोजना गरिरहेको छ ।

बिगतका वर्षमा  मुडा बजारको दक्षिण तर्फ रहेको खालि चौरलाइ खेलकुद मैदान बनाउनका लागि पहल गरेको जानकारी दिदै अध्यक्ष्ँ गौतमले  दोस्रो पटक पनि त्यो खेलकुद मैदानलाइ रङगशाला बनाउने योजनाका साथ अघि बढेकोका त्यो पनि करिब पुरा हुन लागेको बताउनुभयो । उहाले रङगशाला निर्माणका लागि १ करोड ८६ लाखको टेन्डरको आहवान हुने तयारीमा रहेको समेत जानकारी दिनुभयो ।

पहिलो पटक महोत्सबको आयोजना गर्दा जुन उदेश्य लिएर गरिएको थियो त्यो उदेश्य पुरा भएकाले यस पटकको उदेश्य पनि पुरा हुने आयोजकले आशा गरेको छ ।

वर्षौदेखि अझेलमा रहेको र यसको संरक्षण र पहिचानका निम्ति कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा विकाश गर्न सहयोग पुर्याउने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको मुडा बजार विकाश समितीले जनाएको छ ।

एतिहासिक महोत्व र विशेष्ता 

परापुर्वकालदेखि नै यो ताल रहेको र हालसम्म यसको विकास र पहिचानका निम्ति कसैको नजर जान नसकेकाले ताल ओझेलमा पर्दै गएको वडा न ४ का अध्यक्ष पुरन सिंह बिसीले बताउनुभयो । यो क्षेत्रको प्रचार प्रसारका लागि निकै लागि परेको बिसीको भनाइ छ ।

बिशेष गरी थारु समुदायले आफनो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै आएको भए पनी हाल भने यस्तो अवस्था नभएको थारु समुदायका अगुवाहरु बताउछन । सो क्षेत्रमा धार्मिक आस्था समेत रहेकाले वडा कार्यालय मार्फत मन्दिर निमार्ण समेत गरीने योजना रहेको छ ।

सामुदायिक वन तथा चुरे संग समिा जोडीएका वन जंगल भएकाले पनि ताल क्षेत्रमा चराचुरुङ्गी, जंगली जनावरहरु समेत देखीने गरेका छन । पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना तालमा हाल सम्म सरकार तथा विभिन्न संघ संस्थाको नजर भने पर्न सकेको छैन ।

यस ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकाश र बिस्तार गर्न सके बर्दगोरीया गाउपालिका मात्र होईन समग्र सुदुरपश्चिम प्रदेशको आर्थिक सम्बृद्धी संग यसलाई जोडन सकिने स्थानीय बुद्धिजीवी बताउछ्न ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     6:16:28 PM  |

प्रतिक्रया दिनुहोस्