14 August 2019  |   बुधबार, साउन २९, २०७६

मिस नेपाल २०१९ का लागि आवेदन खुला, यस्ता छ्न मापदण्ड 

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौ । आगामी बर्षका लागि हुने मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले राजधानीमा पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी गराएको हो ।

अब मिस नेपाल २०१९ मा सहभागी हुन इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने छ्न । यद्यपि मिस नेपालमा सहभागी हुन तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।

‘द हिडन ट्रेजर’का अनुसार काठमाडौंसहित आठ शहरमा अडिसन हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ । यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।

मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । उनीहरुलाई मिस हङकङ, मिस ओशियाना, मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने आयोजकले जनाएको छ ।

अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ । ग्रान्ड फिनालेको भेन्यु भने अहिलेसम्म तय भइसकेको छैन ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     9:26:16 PM  |

प्रतिक्रया दिनुहोस्