वडाध्यक्षसहित दुईजनालाई कारण देखाउ आदेश जारी

दाङ । उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ३ का नाममा कारण देखाउ आदेश जारी गरेको छ।

जन्मदर्ता सिफारिस नपाएको भन्दै उच्च अदालत तुलसीपुरमा परेको रिटमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष वीरबहादुर विकको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

कारण देखाउ आदेशमा बालिकाका बाबु तुलसीपुर–३ निवासी लक्ष्मणबहादुर डाँगी समेतलाई जन्मदर्ता नबनाइदिनु र नदिनुपर्ने कारण सहित म्याद तामेल भएको १५ दिन भित्र उपस्थित हुन आदेश दिइएको अभिवक्ता रामशरण चौधरीले जानकरी दिए।

१२ वर्षीया बालिका देवी डाँगीको जन्मदर्ता बनाउन सिफारिस नदिएको भन्दै वडाअध्यक्ष विक र बालिकाका बाबु डाँगी समेतलाई विपक्षी बनाई संरक्षकको तर्फबाट गायत्री डाँगीले दायर गरेको निवेदनमा आदेश जारी गरिएको हो।

तत्तकालीन पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च अदालते लक्ष्मण र लेमा लोग्ने स्वास्नी भएकोले निजबाट जायजन्म भएको देवी डाँगीबीच बाबु छोरीको नाता कायम हुने ठहर सहित अंश भराउन फैसला गरेको छ।

प्रतिक्रया दिनुहोस्