रुखले च्यापिएर एक महिलाको मृत्यु

दिपायल । डोटीको आदर्श गाउँपालिका वडा नं. ३ मा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

गाउँ नजिकको जंगलमा दाउरा काट्न गएको बेला ऐली गाउँ निवासी ४० बर्षकी चन्द्रादेबी ओझाको रुखले च्यापिएर मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरी टोली पुगी सकेको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रतिक्रया दिनुहोस्