संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको अभ्यासले मुलुकलाई कम्जोर बनायो – थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रले मुलुकलाई संकटतिर लिइरहेका बताएका छ्न ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संघीयता, धर्म निरपेक्षता नेपाली जनताको माग नभैइ जबर्जस्ति लादिएको उल्लेख गर्दै अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सवै गम्भीर बन्नुपर्नेमा जोड दिए । जनताको इच्छा बिपरित मुलुकलाई अघि बढाउनु घातक भएको थापाले बताए ।

अध्यक्ष थापाले मुलुकमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको अभ्यासले नेपाल्  र नेपाली जनताको सार्बभौमसत्ता खतरामा पारेको बताए  । उनलेे आफ्नो पार्टीले मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्न सरकारसँग माग गर्नु परेको समेत बताए ।

कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा माओवादी विद्रोह नयाँ रुपमा जन्मने खतरा आएको, विखण्डनको आवाज पहिलो पटक मुखरित हुन लागेको भन्दै त्यसबाट मुलुकलाई जोगाउन पनि सबै राजनीतिक दलहरुले वर्तमान राजनीतिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको दावी गरे ।

थापाले  राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका मागहरू हिन्दु राष्ट्रको पुनस्र्थापना गर्नुपर्ने, राजसंस्थासहितको प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका २२ बुँदे माग पूरा नगरे चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रया दिनुहोस्