28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

यातायात व्यवसायीको दवाबमा सरकार ,फेरि बढ्ने भो सार्वजनिक यातायातको भाडा

    | प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५  

काठमाडौ । व्यवसायीको चर्को दवाव पछि सरकार पुनः सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा लागेको छ । यो संगै अब देशभरका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम हुने भएको छ ।

यातायात व्यवसायीहरुको लामो दवावपछि यातायतको भाडा बढाउन सरकार लागेको हो । असोजमा १० प्रतिशत भाडा वृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुन भाडा वृद्धि गर्न लागेको छ ।

सरकार र यातायात व्यवसायीबीच असोजमा भएको चार बुँदे सम्झौता अनुसार वैज्ञानिक तवरले भाडादर र कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनमा आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएको थियो । सोही आधारमा सार्वजनिका सवारी साधनको भाडा बढाउन लागिएको जनाइएको छ ।

अब सार्वजनिक भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजश्व वृद्धि, ,मजदुर ज्याला, पाटपुर्जा,महँगी लगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मुल्य समायोजन गरिनेछ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५     9:19:55 PM  |

प्रतिक्रया दिनुहोस्