28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

मकै-भटमासमै अर्बाैँ रुपैयाँ बाहिरिदै,पाँच महिनामा ३४ अर्बको खाद्यान्न आयात

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५  

काठमाण्डौ । कृषि प्रधान देशका रुपमा रहेको हाम्रो देशमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् । लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै आएको सरकारले पाँच महिनामा मात्रै करिब ३४ अर्ब २१ करोड रुपैयाँको खाद्य पदार्थको आयात गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कका आधारमा चालू आवको पाँच महिनामा ७ अर्ब ५ करोडको भटमास, ३ अर्ब ९९ करोडको आलु, २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४–७५ मा रु १८ अर्ब १५ करोड र आव २०७३–७४ मा रु १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क डरलाग्दो रहेको सरोकारवालाको भनाइ छ ।

कृषि प्रधान देश भनेपनि कृषिमा संलग्न परिवारका युवा रोजगारीका लागि बाहिरीदा कृषिमा विकास हुन सकेको छैन् । युवा बाहिरीदा ग्रामीणलगायत तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ ।जसका कारण विदेशी आयात बढ्दो छ ।

चालू आवको पाँच महीनामा करिब १३ अर्ब ५८ करोडको चामल मात्रै आयात भएको छ । आर्थीक वर्ष २०७४–७५ मा मात्रै रु ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भएको तथ्यांक छ । आव २०७४–७५ मा रु २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३–७४ मा रु २३ अर्ब ८७ करोडको आयात भएको थियो ।

अचम्म लाग्नुकरा के भने पहाडी भेगमा धेरै जसो मकै फल्ने नेपालले चालु आर्थिक वर्षको ५ महिनामा मकै मात्रै ५ अर्ब १९ करोडको भित्र्याएको छ । आव २०७४–७५ मा रु १२ अर्ब ५५ करोड र आव २०७३–७४ मा रु १० अर्ब ६३ करोडको मकै आयात भएको तथ्इांकले देखाउछ । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा रहेका कारण नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च हुने गर्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा रु चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ भने आव २०७४–७५ मा रु सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो । ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५     6:24:23 AM  |

प्रतिक्रया दिनुहोस्