प्रधानन्यायाधीश चोलेन्द्र श्रीमानद्वारा ७८ न्यायाधीश छानबिनको घेरामा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले ७८ न्यायाधीशमाथि छानबिन थालेका छन्। न्याय सम्पादनमा गम्भीर त्रुटि गरेको भन्दै परेको उजुरीका आधारमा उनीहरूमाथि छानबिन सुरु गरिएको हो।

यस्तै जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन्। न्याय सम्पादनमा त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन्। यस्तै थालिएको छ।काज सरुवा गरिएका न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल छन्।

काज सरुवा हुने न्यायाधीशलाई पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा नियुक्ति गरिएको थियो। भ्रष्टाचारका ठूला मुद्दा विचाराधीन रहेको अवस्थामा न्यायाधीशहरूको काज सूवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।  विशेष अदालतमा कर फर्छ्योट आयोगका सदस्य सचिव चूडामणि शर्मा, पप्पु कन्स्ट्रसन, पोलिमर नोट प्रकरण, राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलगायत ठूला भ्रष्टाचार काण्डका मुद्दा विचाराधीन छन्।

प्रतिक्रया दिनुहोस्