25 January 2020  |   शनिबार, माघ ११, २०७६

गोलीसहित पक्राउ परेका प्रकाण्डका छोरा २५ दिनपछि छुटे

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५  

विराटनगर । विराटनगर विमानस्थलबाट गोली सहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन् ।

विराटनगर विमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन राउण्ड गोलीसहित पक्राउ परेका विश्वकर्मा २० हजार धरौटी बुझाएर छुटेका हुन् । उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।

नेतृत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र जिल्ला प्रकाशन कार्यालय मोरङमा धरौटी बुझाएपछि काठमाडौं फर्किएका छन् । पार्टीको कामले माघ दोस्रो साता पूर्व आएका नरेन्द्र सुनसरी र मोरङको कार्यक्रमपछि माघ १७ गते साँझ काठमाडौं फर्किदै थिए ।

चेकजाँच गर्दा झोलामा तीन राउण्ड गोली भेटिएपछि पक्राउ परेका थिए । आफ्ना नेता पक्राउको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले एक दिन शैक्षिक संस्था बन्द गरेका थिए ।

विप्लवको नेकपाले एकजनाको ज्यान जाने गरी देशभरि बम विष्फोटसहितका गतिविधि र आतंक मच्चाइ रहेका बेला बन्दुकको गोलीसहित पक्राउ परेका विश्वकर्मा रिहा भएका हुन् । विश्वकर्मा विप्लवको नेकपा निकटको अखिल क्रान्तिकारीको कोषाध्यक्ष समेत हुन् ।

 

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५     7:20:48 PM  |

प्रतिक्रया दिनुहोस्