22 January 2020  |   बुधबार, माघ ८, २०७६

नख्खु विस्फोटमा संलग्न एकजना पक्राउ

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५  

काठमाडौं। नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार एक व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटमा भुजेल प्रत्यक्ष संलग्न देखिएका छन् । प्रहरीका अनुसार सोही दिन कमलपोखरीमा डिस्पोज गरिएको प्रेसर कुकर बम पनि उनकै निर्देशनमा राखिएको थियो ।

एक समय चन्दको अंगरक्षकसमेत रहेका भुजेल पछिल्लो समय उक्त पार्टीको उपत्यका कमाण्ड सदस्य छन् ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५     6:40:49 AM  |

प्रतिक्रया दिनुहोस्