28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

अन्सारीलाई योग्य देखाउन नेकपाको दौणधुप

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५  

काठमाडौँ ।  मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ ।

????????????????????????????????????

संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ ।

अन्सारीले भने मंगलबार समितिलाई पठाएको छ । अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध गरेको निवेदन र त्यसैअनुसार पार्टीले बन्द सूचीबाट हटाएको भनी लेखिदिएको बेहोरासहितको पत्र बुझाएका छन् ।

उनले २०७५ साल माघ ४ गनेको मितिमा समानुपातिकको बन्द सूचीबाट नाम हटाइदिन भन्दै नेकपाका अध्यक्षलाई लेखेको पत्र समितिमा बुझाएका हुन् ।

यो पत्र सोमबारसम्म कहीँ कतै देखिएको थिएन । यसै पत्रलाई आधार बनाउँदै फागुन १० गते सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकले अन्सारीको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पत्र पनि तयार पारेको छ । -नागरिक दैनिक

 

प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५     6:55:20 AM  |

प्रतिक्रया दिनुहोस्