आज राष्ट्रिय शोक,राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अत्यष्टि गरिने

काठमाडौं।ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ। 

बुधबार साझ बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको थियो राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको छ। हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो।

छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहचिव बुद्धिसागर लामिछाने रहेका छन्।

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
बिहीबार राष्ट्रिय शोक मनाउने र मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा बिदा दिने निर्णय गरेको छ । त्यसैगरी दुर्घटनाका बारेमा छानबिन गर्न ४ सदस्यीय आयोग गठन गरेको छ ।

प्रतिक्रया दिनुहोस्