साइबर अपराधमा फेसबुकको दुरुपयोग,साउनयता फेसबुकबाट ८५२ वटा साइवर अपराध

काठमाडौँ । साइबर अपराधमा सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग सबैभन्दा बढी हुने गरेको छ । फेसबुकपछि म्यासेन्जर, वेभपेज ग्रुप तथा अनलाइन, युट्युव, भाइवर, ट्वीटर र इमो रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक वर्ष शुरु भएको साउन महिनायता फेसबुकबाट ८५२ वटा साइवर अपराधका घटना भएका छन् । ती मध्ये १७ वटा घटनामा संलग्न अभियुक्तविरुद्ध कानुनी कारबाही भएको छ । 
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार सुवेदीले फेसबुक नियोजितढङ्गले दुरुपयोग बढी हुने गरेकाले साइबर अपराध बढ्दै गएको बताउनुहुन्छ । अपवाद तथा भूलबसभन्दा पनि नक्कली परिचय खुलाएर अपराध गर्नेक्रम बढ्दो छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० र महानगरीय प्रहरी अपराध महाशाखाबाट प्राप्त तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा साइबर अपराधमा म्यासेन्जरबाट ४९, युट्युवबाट १९, अनलाइन वेभपेजबाट १०, इमो आठ, इस्टाग्राम आठ, भाइबर चार, ट्वीटर दुई र अन्य पाँच वटा गरी वेब तथा एप प्रयोग भएका छन् ।

महिला तथा बालबालिकामाथि यौन दुव्र्यवहार, अश्लील क्रियाकलाप, चरित्र हत्या, ठगी र धम्कीका घटना बढी हुने गरेका छन् । यो सात महिनाको अवधिमा ९५० वटा साइबर अपराधका मुद्दा दर्ता भएका छन् ।ती मध्ये ४० वटा मुद्दाको कानुनी कारबाही भइरहेको जानकारी अपराध महाशाखाले दिएको हो । नेपालमा उपलब्ध इन्टरनेट सेवा प्रयोग गरी बनाइएको आईडी ९परिचय० बाट धेरै कुराको अनुसन्धान गर्न सहज हुने गरेको छ ।

तर, वाह्य मुलुकमा बसेर बनाइएका आईडीबाट हुने साइबर अपराधका घटना नियन्त्रण गर्न गाह्रो हुने गरेको महाशाखाका निमित्त प्रमुख सोमेन्द्रसिंह राठौरले बताउनुभयो । अन्जानमा तथा अर्काको देखासिकीमा नक्कली आईडी तयार पारी चरित्र हत्या गर्ने र अश्लील क्रियाकलाप पोस्ट गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन सहज हुन्छ ।
उहाँका अनुसार, नियोजित रूपमा अन्यत्रै बसेर नक्कली आईडी बनाएर अपराध गर्नेहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन कठिन छ । महिला तथा बालबालिकासँंग सम्वन्धित अश्लील भिडियो, फोटो तथा विचार हटाउन जति सहज छ त्यो भन्दा अभियुक्त पक्राउ गर्न कठिन हुने गरेको छ । -गोरखापत्र 

प्रतिक्रया दिनुहोस्