27 January 2020  |   सोमवार, माघ १३, २०७६

मन्त्री अधिकारीको सम्झानामा नेकपाले तीन दिनसम्म शोक मनाउने

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन १६, २०७५  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री तथा नेकपाका नेता रवीन्द्र अधिकारीको सम्झानामा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले दुर्घटनामा परि निधन भएका परिवारको आर्थिक स्थिति र आवश्यकता समेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता नारयाणकाजी श्रेष्ठका अनुसार पार्टीको सबै कार्यालयहरुमा आज पार्टीको झन्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।

पार्टी केन्द्रको तर्फबाट आगामी २३ गते केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा गर्ने पनि नेकपाले निर्णय गरेको छ । नेकपाले अधिकारीको शब पोष्र्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुंडिखेलमा राख्ने निर्णय गरेको छ ।

बैठकले दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १६, २०७५     1:05:23 PM  |

प्रतिक्रया दिनुहोस्