घरमा ट्युसन पढाउन आएका शिक्षक बाटै १० वर्षीया बलात्कृत

उदयपुर । ट्युसन पढाउने नाममा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

चितवन कठार नगरपालिका– ४ घर भई हाल उदयपुरको कटारी नगरपालिका– ८ मा रहेको जनप्रिय आधारभूत विद्यालय सिरिसेका अस्थायी शिक्षक २८ वर्षीय बिनोद लोहनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार पढाउने बहानामा घरमा प्रबेश गरी १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्दागर्दै परिवारले रंगेहात समातेर प्रहरीलाई बुझाएको हो । आरोपित विरुद्ध परिवारले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका छन् ।

पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतामा राखी अनुसन्धान भइरहेको एसपी राईले बताए । शिक्षक लोहनीले घरको कोठामा पसि पढाउने बहानामा साँझ ८ बजे बालिकालाई जबर जस्ती करणी गरेको परिवारले भेटेपछि प्रहरीलाई जिम्मा लगाएको हो ।

प्रहरीले शिक्षक लोहनीलाई नियन्त्रणमा लिई बालिकालाई उपचारका लागि कटारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्