भारत–पाकिस्तान तनावले नेपाल आउने उडान प्रभावित बन्दै

काठमाडौं ।जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपालमा आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

नागरिक उड्यन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ। पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदएिको प्राधिकाणका एक अधिकारीले बताए। न

याँ रुट अनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए। साबिक उडान तालिका अनुसार खाडी मुलकबाट नेपाल उड्ने जहाज पाकिस्तान र अफगानिन्तानको पठार क्षेत्रहुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयाेग गरी त्रिभुवन  विमानस्थल अवतरण गर्थे। – कान्तिपुर दैनिक

प्रतिक्रया दिनुहोस्