21 March 2019  |   बिहिबार, चैत्र ७, २०७५

साइनिङ स्टार ग्रुपको दोस्रो देउडा धमाका” फुल बसेका भौर “अब म्युजिक भिडियोसहित आउदै

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५  

काठमाडौ । प्रवाश बाटै देउडा गीत संगीतको संरक्षणमा जुटेको साइनिङ स्टार ग्रुपले “बसेइ प्यारी जान्छु बम्बई “बोलको गीतको अपार सफलता पछि फेरि अर्को नौलो म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरेको छ ।

साइनिङ स्टारले झण्डै एक महिना अघि मात्रै बजारमा ल्याएको  “फुल बसेका भौर ” बोलको देउडा गीतलाई म्युजिक भिडियोसहित बजारमा ल्याउने तयारी गरेको हो । ए आर खतिवडाको शब्द रहेको यो गीतमा गायक हेमराज जोशी र गायिका निरुता खत्रीको निकै मीठो आवाज सुन्न पाइन्छ ।

यो गीतको म्युजिक भिडियोमा भने भारतको पुनेस्थित विभिन्न क्षेत्रका दृश्य देख्न सकिने छ । यस गीतका लागि छायांकन गरिएको भिडियो विशेषगरी पैतालाको तालमेल गरिएको खेल रोमाञ्चक रहेकोे छ।

विशेष गरि प्रवास बाट नेपाली गीत संगितलाई माया गर्ने धेरै ठूलो चुनौतीपूर्ण रहेता पनि कथाले मागे अनुसारको सबैकुरा दर्शक लाई मनोरंजन दिन धेरै प्रयास गरिएको साइनिङ्ग स्टार ग्रुपका संयोजक शंकर खतिवडाले बताए ।

यस गीतको म्युजिक भिडियोमा ए आएअ जोशी खतिवडा, राधिका रिमाल ,शंकर खतिवडा ,सपना थापाको अभिनय देख्न पाइनेछ । यस गीतको म्युजिक भिडियोमा हरिश बिज्लाजीको निर्देशन तथा क्यामरामा सोनु बिकले साथ दिएका छ्न ।

यस गीतको म्युजिक भिडियोको छायांकनको कार्य सकिएको र बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको साइनिङ स्टार ग्रुपले जनाएको छ । बसेई प्यारी बोलको गीत जस्तै यो गीतलाई पनि आम दर्शकले उत्तिकै मन पराउने दावी गरिएको छ । सम्भवत: अबको करिब एक हप्ताभित्र म्युजिक भिडियो दर्शकले हेर्न पाउने छ्न ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५     7:21:23 AM  |

प्रतिक्रया दिनुहोस्