23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

नेपालगन्जको शैक्षिक सुधारको लागि शिक्षक महासंघले गर्यो योजना सहितको अन्तरक्रिया

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५  

कोहलपुर । नेपाल शिक्षक महासंघ,नेपालगन्ज नगर समितिले शैक्षिक सुधारका लागि आफ्नो संक्षिप्त योजनासहित नेपालगन्ज उपमहानगरपालिकासँग अन्तरक्रिया गरेको छ।

नगरप्रमुख डा.धवल शमसेर राणा ,उप मेयर उमा थापा ,नगर शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी तथा लेखा अधिकृत राजन केसीसहितको उपस्थितिमा महासंघ नगर कार्यसमितिले शुक्रवार सो अन्तर्कृया गरेको हो।

आन्तरिक छलफलबाट महासंघ नेपालगन्ज नगरसमितिले तत्कालका लागि सारेको सुधारका योजनामा शैक्षिक , आर्थिक , भौतिक लगायतका विषयहरूलाई राखिएको जनाइएकोछ।

२३ बुदेँ उक्त सुधारका संक्षिप्त कार्ययोजनाले प्राथमिकताका आधारमा विद्यालयलाई सेवा सुविधा वितरण गर्ने,विद्यालयमा न्युनतम शिक्षकहरुको व्यवस्था मिलाउने,सबै सामुदायिक विद्यालयका सबै विद्यार्थीको पोशाकको रंगमा एकरुपता ल्याउने,मासिक तलबभत्ता निकासा गराउनेलगायतका विषयलाई समेट्दै सुधारको लागि नेपालगन्ज उपमहानगर पालिकासंग पहल गरिएको महासंघ नगर अध्यक्ष मनोजराजा श्रीवास्तवले बताउनुभयो।

अन्तरक्रियामा  नगर प्रमुख डा. राणाले कार्ययोजनालाई सकारात्मक रुपमा लिदैं कार्यान्वयनका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।

सोही अवसरमा उपमहानगर पालिकासंग  नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले औपचारिकरुपमा परिचय पनि गरेको थियो।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५     9:46:47 PM  |

प्रतिक्रया दिनुहोस्