21 March 2019  |   बिहिबार, चैत्र ७, २०७५

राजा आउ देश बचाउ भन्दै आयो अहिलेसम्मकै उत्कृष्ट व्यङ्ग्यात्मक गीत (भिडियो सहित )

    | प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५  

काठमाडौ । पछिल्लो समय मुलुकमा राजा आउ देश बचाउ भन्दै नागरिकहरुको लहर राजतन्त्र प्रति होमिएको बेला त्यसैलाई मलजल गर्नेगरी अहिलेसम्मकै उत्कृष्ट व्यङ्ग्यात्कम गीत सार्बजनिक भएको छ ।

कलाकार प्रिया सेन्च्युरी र पदम बहादुर श्रेष्ठको आवाजमा देशको समसामयिक विषयवस्तुमा आधारित जनतालाई मर्न भन्दा बाच्न भाछ डर बोलको गीत युटुवमार्फत सार्बजनिक भएको हो । यस गीतलाई कलाकार श्रेष्ठले स्वयंम आफ्नो युटुव च्यानलमार्फत केही दिन अघि मात्रै सार्वजनिक गरेका हुन ।

सरा सेन्च्युरीको शब्द तथा पदम बहादुर श्रेष्ठको संगित रहेको यस गीतमा वामपन्थी सरकार प्रति कडा प्रहार गरिएको छ ।

विशेषगरी यस गीतमा मुलुकमा ब्याप्त भ्रष्टाचार ,घुसखोरी,लुटपाट ,जनतामाथि थोपरिएको कर,महङ्गी लगाएतका विषयबस्तु समेटि सरकार प्रति व्यङ्य प्रहार गरिएको छ ।

यी सवै कुराबाट मुक्ती पाउन र देशको अस्तित्व बचाउन राजा आउनुको विकल्प नभएको कुरा गीतमार्फत व्यक्त गरिएको छ ।

भिडियो हेर्नुहोस ।

 

 

प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५     3:55:44 AM  |

प्रतिक्रया दिनुहोस्