23 September 2019  |   सोमवार, अशोज ६, २०७६

अब स्थानीय तहले आफ्नो क्षेत्रमा पूर्ण सरसफाइको अभियान थाल्नुपर्ने

    | प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५  

काठमाडौंँ। अबदेखि सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्रको सार्वजनिक स्थलको सरसफाइलाई अभियानको रूपमा अगाडि बढाउनुपर्ने भएको छ । स्थानीय तहभित्र भएका नदी, खोला, नाला, महत्वपूर्ण सम्पदा, सडक, चोक, पार्क, उद्यान, चौर लगायतका क्षेत्रको सरसफाइलाई अभियानको रूपमा अगाडि बढाउन अनिवार्य भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नदी तथा अन्य क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि ल्याएसँगै स्थानीय तहले सार्वजनिक क्षेत्रको सरसफाइलाई अभियानको रूपमा अगाडि बढाउनुपर्ने भएको हो ।
बढ्दै गएको सहरीकरणले सार्वजनिक स्थलको अतिक्रमण भई सडक, गल्ली, धार्मिक र साँस्कृतिक सम्पदा क्षेत्र अस्तव्यस्त बन्न थालेपछि

मन्त्रालयले स्थानीय तहको सार्वजनिक स्थलको संरक्षण स्थानीय तहले नै गर्नुपर्ने गरी कार्यविधि ल्याएको हो । नगरपालिकाले प्रत्येक महिनाको अन्तिम शनिवार बिहान स्थानीय बासिन्दा, टोल, समुदाय, गैरसरकारी संस्थासँग समन्वय गरेर आफ्नो क्षेत्रको खानेपानी मुहान, सार्वजनिक कुवा तथा धारा, ताल, तलैया, पोखरी, नदी खोला, धार्मिक एव पर्यटकीय स्थल, सम्पदा, क्षेत्र, सडक, पार्क, खुला क्षेत्रको सरसफाइ गर्ने व्यवस्था मिलाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

स्थानीय तहले आफ्नो क्षेत्रभित्र पूर्ण सरसफाइ गाउँ र नगर घोषणा, वातावरणीमैत्री घर, टोल, वडा गाउँ र नगर, प्लाष्टिक मुक्त क्षेत्र, सार्वजनिक स्थलमा मध्यपान, धुम्रपान, गुठ्का सुपारी लगायत नशाजन्य पदार्थको सेवन निषेध गर्ने अभियान सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५     7:00:41 AM  |

प्रतिक्रया दिनुहोस्