24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

राजतन्त्र र हिन्दु राष्ट्रको विरोध गर्नेमाथि यसरी खनिए कमल थापा (भिडियोसहित हेर्नुहोस )

    | प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५  

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्र र हिन्दु राष्ट्रको विरोध गर्नेमाथि कडा चेतावनी दिएका छ्न ।
सोमवार पार्टीको मेची-महाकाली स्वाभिमान यात्राको क्रममा बाराको निजगढमा आयोजित अध्यक्ष थापाले आमूल परिवर्तनको नाममा नेपाल र नेपालीको पहिचान मेट्ने काम भएको भन्दै राजतन्त्र र हिन्दु राष्ट्रको विरुद्ध बोल्नेमाथि कडा चेतावनी दिए ।

हिन्दु राष्ट्र नेपालीको पहिचान भएको भन्दै राजतन्त्र विना त्यो कल्पना गर्न नसकिने भएको हुदा राजासहितको हिन्दु राष्ट्रको मुद्दामा एक भयए उभिन उनले अपिल गरे । नेपाली जनताको अभिमत विरुद्ध जबर्जस्ति धर्मनिरपेक्षता लादिएको भन्दै उनले हिन्दु अधिराज्य र राजतन्त्र फालेर आज जनताले के पाए ? भनी प्रश्न समेत गरे ।

एक अर्को प्रसङ्गमा अध्यक्ष थापाले आमूल परिवर्तनको नाममा विगतको द्वन्दमा संलग्न युवाहरूको बिचल्ली पारिएको समेत उनले बताए । थापाले परिवर्तनका लागि योगदान दिएका युवाहरू आजकाल कष्टकर जीवनयापन गर्न बाध्य हुनु दु:खद् भएको बताए ।

अध्यक्ष थापाले परिवर्तनपछि क्रान्तिकारी भनिएका केही नेता र कमाण्डर लखपति, करोडपति नभई अरबपति भएको आरोप लगाए । अध्यक्ष थापाले सर्वाहारा पार्टीको केही नेता र कमाण्डर लखपति होइन, करोडपति पनि होइन अरबपति भएका छन्, यस्तो किन हुन गयो सोध्नोस् भनि तत्कालीन माओवादी लडाकुप्रति इङ्कित गर्दै भने कोही अरवपती कोही रोडमा कसरी  भए ?

भिडियो हेर्नुहोस ।

 

 

प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५     9:13:04 PM  |

प्रतिक्रया दिनुहोस्