24 May 2019  |   शुक्रबार, जेष्ठ १०, २०७६

अविभाज्य नेपाल कसरी रहला ?

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५  

सोम विक्रम सिंह 

नेकपाको नाममा बमबारी, चन्दा तथा लुट्ने काम गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई पार्टीको नाम परिवर्तन गरेर लुट पार्टी राख्न सुझाव दिनुको साथै विप्लवको काम गराईले गर्दा आफुलाई नेकपा भन्न लाज भएको बताउनु भएछ। त्यस्तै नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धसँग मधेशको माग लोकतान्त्रिक विधि (जनमत सँग्रह)को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको रहेछ।त्यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने र उनिहरूले आफ्नो कार्यलय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनिति गर्न पाउने व्यवस्था गरेछ।

यो भयो पश्चिमा गठबन्धनको गठजोड। ठिक यहि समयमा थारू नेताहरूलाई जेल पठाइ भारतीय पक्षधर मधेसी गठबन्धनलाई चिढाई अान्दोलनमा होम्न तयार गरेकाछन्। बिगत पल्टाएर केलाउने हो भने पश्चिमा डिजाइन अन्तर्गत होली वाईनको कार्यक्रम नेपाल सरकारकै रोहवरमा भयो, लगत्तै सरकारको परराष्ट्रमन्त्री अमेरिका भ्रमण गए र ईतिहासमै नभएको सम्झौता भएको फलाके। कारण साउथ चाईना सिको खट्पटमा कोरियन धर्म परिवर्तनकारी प्रयोग गरि चीनलाई एक्लाउनेमा नेपाललाई  समावेस गर्नु थियो।

प्लान अनुरूप नेपालमा अमेरिकन सेना लिएर आई मुस्ताङमा ट्रेनिङ गर्ने थियो। त्यो त केवल अमेरिकाको बाहना थियो तर मुख्य उद्वेश्य अमेरिकालाई पारि उत्तर पट्टी चियो चर्चा गर्नु थियो। त्यसको जाल फ्याक्न र नेपालको नेतालाई न्याक्न बिना कारण वा “बेला न कुवेला भेनुज्वयला” प्रचण्डलाई भेनुज्वयलामा अमेरिकाको राजनितीक उपश्थितीको विरोध गर्न लगाईयो। प्रचण्डलाई अमेरिकन राजदुत अगाडी घुँडा टेक्न लगाउनको लागि नै यो अभिव्यक्ति तिनकै एजेण्टद्वारा गर्न लगाईएको थियो।

चीनको परिपेक्षमा नेताहरूलाई आफ्नो पक्षमा राख्यो र नेपालको ध्यानलाइ धमिलोमा राख्न अमेरिका सफल पनी भयो। तर डरलाग्दो कुरा कसैको ध्यान नगएको एउटा महत्वपुर्ण कुरा छ, त्यो के भने अमेरिकनले अब अन अराईभल भिषा १८० दिन पाउने छन्। हामीले थाहा पाउनु पर्ने कुरा के भने कुनै पनि अमेरिकन नागरिकले उनको देशमा बार्षिक छुट्टि पाउने भनेको १६ दिन देखि २१ दिन हो। प्रत्येक अमेरिकन नागरिकले घुम्नको लागि केही पैसा तलवबाट बचाएर राखेका हुन्छन्, त्यो पैसा हद्द महिना दिनको लागि मात्र यथेष्ट हुन्छ। १ महिना पनि अपुग पैसा र छुट्टि पनि नपाउने अमेरिकन पर्यटकलाई त्यो १८० दिन अन अराईभल भिष के काम? अब भन्नुहोस्, त्यो १८० दिन अन अराईभल भिषा कसको लागि छुट्टयाइएको होला ? त्यो भनेको सहज रूपले नेपाल सिआईए एजेण्ट घुस्न पाओस् भन्ने मान्यता अनुरूप हो।

नेपालमा धर्म निरेपेक्ष गराउनुको मुख्य कारण बुझ्नु भएकै होला। त्यो भनेको पछि अमेरिकनको लागि एउटा तयार पारिएको बलियो तथा ठूलो जमात भएको नेपाली नै संलग्न भएको फोर्स नै हो। त्यसको लागि नै पश्चिमाले आफुद्वारा पहिले देखि नै परिचालित प्रचण्डको ग्रुपलाई ठूलो ग्रुपमा मिसाउनु थियो, उसले नेकपा बनाएर ठूलो सफलता प्राप्त गर्यो। पहिले देखि नै सहज रूपको पात्र माधव नेपाल प्रयोग गरि हतियार व्यबसायी तथा धर्म परिवर्तनकारी मुनको समुहलाई नेपाल भित्राउन सक्षम अमेरिकाले आफ्नो जालमा सवैलाई बिस्तारै फसाउँदै छ। यसको अर्को ज्वलन्त सफल कार्य भनेको सिके , पिके र केपिको गठवन्धन गर्नु हो।

अझ प्रधानमन्त्री ओलीले पुल्पुलाउँदै सीके राउत प्रचण्ड जतिक्कै क्षमतावान भनेछन्। एउटै निकायबाट सँच्चालित तथा तालिम प्राप्त उस्तै क्षमता देखाउन प्रयास गर्छन् भन्ने बुझ्न जरूरी छ। अंग्रेजीमा यसलाइ Like father like son भन्छन्। एउटै बाउले जन्माएको छोरो, दुवै विखण्डनको पथ मै थिए र छन् र यसको भविष्य हेर्न बाँकि नै छ। तर फेरि पनि त्यो शंकालाई पन्छाएर राख्ने हो भने यदि सीके राउत विखण्डनको राजनिती तथा देश टुक्र्याउने मनोभवनाबाट उत्पेरित राजनिती छोडी मुलधारको राजनितीमा प्रवेश गर्नु भएको हो र उहाँलाई यस मुलधारको राजनितीमा प्रवेश गराउन साँच्चिकै सफल हुन भएको हो भने सरका, प्रधानमन्त्री, गृहमन्त्री तथा भुपू प्रधानमन्त्री प्रचण्डलाई तथा स्वयम् सिकेलाइ पनि हार्दिक बधाई, शुभकामना तथा धन्यवाद दिन चाहन्छु।

सीके राउतले पटक पटक मन्तव्यमा भने झैँ जनताले चाहेमा । राजनीतिक रूपले जनमत संग्रह गरि जे पनि गर्न सकिन्छ भन्ने वाक्यले शंका उत्पन्न भई रहेको छ र यो उनले अाफ्नो फेसबुक पेजमा पनि बढो महत्वको साथ राखेका छन्। तर हेक्का रहोस् यो भुमि हाम्रो पुर्वजको रगत र पसिनाले सिंचेको माटो हो, बैरि विरूद्व लडेर स्वाधिन बनाएर राखिएको चोखो धर्ति हो। नागरिकता बेचिएर बनेका अस्थायी नागरिकले जनमत संग्रहद्वारा रगतले सिंचेको धर्ती सजिलै मसीको स्याहीमा औला चोपेर कागजमा छाप लाउँदैमा त्यति सहज यो राष्ट्रबाट कुनै भुभाग टुक्रिदैन भन्ने बुझे हुन्छ। यो धर्तीमा देशको लागि समय समयमा परिक्षाको घडी आएको छ।

हाम्रा वीर बिरङगनाले झैँ फेरि पनि यस धर्तिलाई स्वाधिन राख्न कुनै पनि हालतमा रगतको खोला बग्छ भने पनि सम्पुर्ण राष्ट्रभक्त र देशभक्त तयार भएर बसेकै छन्। तर रहस्यमय कुरा के हो भने सरकारका प्रमुख नै किन विप्लप दाईलाइ चिढाउने कार्य गरिरहेको छ?  कतै सरकार नै देशमा गुहयुद्व निम्ताईरहेको त छैन, यो बढो सोचनिय बिषय हो।

जब प्रचण्डले नै विप्लपको क्रान्तिलाई प्रशासन लगाएर ठिक पार्नुपर्छ भन्छ । केपिले चक्कु देखाएर चन्दा नअसुल तथा नतर्साउ भनेर हलुका लिन्छ। ईतिहास पल्टाएर सोचौं, २०५२ मा ४० बुंदे र गिरिजाको ग्राण्ड डिजाईनलाई देउवाले हलुका रूपले लिए। प्रचण्डको २५ जनाको भुत्ते खुकुरी र भरूवा बन्दुकको नटरियस ग्याङ्गलाई आईजिपी खरेलको किलो सेराले पिसेर लान्छु भन्दा ज्वाला बनेर देशै कर्लप्प खाई दियो तर अज्ञानता बस बिदेशी दलालको पोलटामा देश गयो।

देशमा झन् शान्तिको नाममा अशान्ति, अच्याचार, बलात्कार, भ्रष्टाचार बढ्यो। देश रिमोट कन्ट्रोलद्वारा दलाल, दास तथा कठपुतलीले चलाउन थाले। अहिले त झन् म पनि बिप्लप भन्दै क्रान्तिको ज्वालामा सम्पुर्ण राष्ट्रभक्ति, देशभक्त र निस्वार्थ भावनाले लागेका देखिन्छन्। स्वयम् विप्लप दाइ र उहाँसँग जुधारू बिप्लपको सपना बन्न तम्तयार युवा शक्ति नै कफन बाँध्दै अगाडी आईरहेका छन् देशका लागि बलिदानी दिन। तसर्थ यसलाई हलुका रूपले लिँदा ज्वाला होईन, ज्वालामुखि नै उत्पन्न हुन्छ, ज्वारभाटा आउँछ । देश उथलपुथल हुने स्थिती आउँछ। यसलाई ख्याल तथा आकलन गर्दा कम भौतिक क्षति होला र देशमा शान्ति बर्करार राख्न सकिएला। थाहा पाएर पनि जिब्रो चपाउँदै र जिब्रो चिप्लाउँदै यसलाई खेलाँचीको रूपमा नलिन र उखान टुक्का बनाएर दुनिया हसाउन तिर नलाग्दा नै भलो होला। फेरि अबको क्रान्ति झिनो नहुन सक्छ भन्ने कुरा स्वयम् प्रचण्डलाइ नि जानकारी होला।

अब हुने राष्ट्रवादी क्रान्ति र एकीकृत क्रान्ति मिलेर हुने राष्ट्रिय एकीकृत क्रान्तिले राज्यले पिस्न नसकेका दलाल, दास तथा कठपुतली शक्ति घुन पिसे झैं पिसिए जनताले स्यावासी नै देला बिप्लप दाइ तथा सम्पुर्ण क्रान्तिकारीलाई। अहिले देखिएको अभियान ” म पनि विप्लप “ ले सम्पुर्णयु वा जमातमा उत्साह र उमंग भरिएको देखिएको छ।

गृहयुद्वको चुनौती, देश विखण्डनको चुनौती, नेतालाई वाइडबडी बनाउनको लागि मात्र हुने क्रान्तिको चुनौती, भ्रष्टाचार, अन्याय, अत्याचार, बलात्कार, अपराधिक गतिबिधी, अशान्तिको चुनौती, कोलाहाल माहोलको चुनौतीलाई अन्त्य गर्न तथा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय पहिचान र मौलिक सभ्यता माथिको प्रहार रोक्न अभिभाज्य नेपाल राष्ट्र, अविभाज्य वैदिक सनातन धर्म संस्कृति, अविभाज्य राजसंस्था, अविभाज्य नेपाली सेना नै मुख्य हो। यहि चार प्रमुख हाम्रो धरातल हो, यसले नै नेपाललाइ पुर्ण स्वतन्त्रता प्रदान गर्दछ। यसले नै छिमेकि राष्ट्रप्रति सन्तुलन परराष्ट्र नीति तय गर्दछ। जय राष्ट्र, जय जनता !

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५     8:54:09 PM  |

प्रतिक्रया दिनुहोस्