23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

सीके रावत र नेपाल सरकारको सम्झौताले जन्माएका प्रश्नहरु !

    | प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५  


खगेन्द्रराज पौडेल
“ईतिहांसले कहिल्यै पराधिनता नदेखेको देश,
बर्तमानमा कहिल्यै स्वाधिनतामा नरहेको देश”
शैलेन्द्र सिंखडाका यही गहकिला कविताका हरफहरुबट शुरुवात गर्न चाहें । हुन त पराधिनता जसले देखेको, खेपेको छैन । उनीहरुलाई स्वाधिनतामा पनि त्यति धेरै रस रहंदो रहेनछ भन्ने हाम्रो देशको बर्तमान परिवेशले चित्रित गरेको छ। यही छिमेकी भारत लगायत पटक- पटक पराधिन भैसकेका देशवासीहरुलाई स्वाधिनताले जति महत्व राख्छ त्यति महत्व हामी जस्तो कहिल्यै पराधिनता भोग्नु नपरेकाहरुलाई हुंदो रहेनछ। जति नै संवेदनशील अबस्थालाई पनि सामान्य मान्दै पचाईरहने हाम्रो बानीले एक दिन हामीलाई नै चपाउने छ । सायद ती दिनहरु हाम्रा लागि बाँच्न लायक रहने छैनन् ।

वैदेशिक हस्तक्षेप र विखण्डनकारीहरुको खण्डिकरणको चपेटामा त देश फसिसकेको सबैले देखि सकेकै छौं ।विकेन्द्रिकरण र एक्काईसौं शताब्दीका नाममा शुरु गरिएको यो मुलुकको खण्डिकरणले देश त टुक्र्याउने नै छ । त्योभन्दा पुर्व आम जनताले भोग्नुपरेको भोलीको त्रासदीपुर्ण जीवनको झन् ब्याख्या गर्न सकिने अबस्था नै छैन । समय गतिशिल छ समयको बहावसंगै बहनु मानवीय यथार्थता हो र यसलाई नकार्न सकिंदैन । तर त्यसो भन्दैमा आफ्नोपनलाई लत्याएर पराईका संस्कार अंगाल्नु नै एक्काईसौं शताब्दीको परिवर्तन स्विकार्नु हो भनेर परिभाषित गर्नु गलत मात्र होईन देशप्रति गरिएको दुराभाव पनि हुन जान्छ ।

नेपाली जनतालाई संधै बिहान बेलुकी चुलो बाल्न र सन्तानको शिक्षा, स्बास्थ्य र पालनपोषण र रोजगार प्राप्तिका लागि खनिदिएको विदेश जाने बाटो बाहेक अर्को बिकल्प जति सरकार फेरिए पनि दिन सकेन कारण थियो बिदेश आश्रित अर्थनीति। स्वदेशमा रहेका सबै उधोग धन्दा बन्द गराएर कवाडी बेच्दा प्राप्त हुने कमिशनलाई उपलब्धी मान्ने सरकारले देशलाई संबृद्धि र बिकास दिन्छ भन्नु हाम्रो मुर्खता शिवाय केही होईन ।

देशको ईतिहांस, संस्कृती र नैतिक शिक्षा अबका दिनमा न पढाई भईरहेको छ न त चर्चा । यति नभएपछी जति शिक्षा दिईन्छ त्यो सबै बिदेशी र बिदेशमा रोजगार गरेर गुजारा गर्ने शिक्षा हो जसले राष्ट्र, राष्ट्रिय एकता र स्वाभिमान के हो ? किन र के का लागि भन्ने प्रश्नसम्म पनि उठान गर्दैन जसका कारण आज देशको बिषयमा सोच्ने, चिन्तन मनन गर्नेहरुको संख्या दिनानुदिन घट्दै छ यो पनि राष्ट्रिय चिन्ताको बिषय बनेको छ ।

सीके रावत र सरकारका बिषयमा चर्चा गरिरहंदा मैले यी माथिका कुराहरु किन उठान गरेको हुं भने यी बिषयहरु भोलीको पराधिनताका लागि तैयार गरिएका आधार हुन् । जसरी नागरिकता बिधेयक सरकार समक्ष पु-याएर पास गराउने प्रपंञ्च थालिएको छ । यो त जति नै राष्ट्रघाती कदम भएपनि सरकारले पास गर्छ नै किनभने सरकारलाई संञ्चालन गर्ने बिदेशी शक्तिकै लागि ल्याईएको हो यो बिधेयक भन्ने पुर्ण प्रमाणित हिजो सिके रावतसंग गरिएको ११ बुंदे सहमतीले नै प्रष्ट्याई सकेको छ ।सरकार नियोजित षडयन्त्र मार्फत बाहिर राष्ट्रिय छवि देखाउंने र भित्र पुरा देशद्रोही क्रियाकलाप र संझौताहरु गरिरहेको प्रष्ट्याई रहनु नपर्ला ।

सीके रावतको शब्दहरु र बिभिन्न समयमा लेखिएका र देखिएका क्रियाकलापहरुबाट के प्रष्ट छ भने ऊ न नेपाल प्रति कहिल्यै बफादार थियो र न पछी नै रहनेछ भन्ने पुष्टि उसले ओकलेका बीषबाट नै प्रष्ट छ । यो बिषयमा सरकार जानकार नभएको होईन बरु दुबैका मालिक एउटै भएको र दुबैको लक्ष्य पनि एउटै भएकाले यिनीहरु मिलेका हुन् ।

सरकारले जितेको पनि होईन र सिके रावतले हारेको पनि होईन । हो त यी दुबै आफ्नो लक्ष्यका नजिक पुग्नका लागि एकता गरेका चाहीं पक्कै हुन् । नागरिकता बिधेयक पास गर्ने र सिकेका नागरिकलाई नागरिकता दिंदै उसका एजेण्डा जनमत संग्रह मार्फत पुरा गरिदिने सहमतीमा यी दुई लेण्डुप शक्तिहरु बीच सहकार्य भएको हो र यो आपत्तिजनक र खेदपुर्ण छ स्वाभिमानी नेपाल र नेपालीका लागि ।

सीके रावत र सरकार बीच भएको संम्झौताका क्रममा र सिके रावतको संम्बोधनका क्रममा उसले मैले बिखण्डनवादी सोच त्यागेर राष्ट्रिय राजनीतिमा आएको छु भनेको छैन । उसले त शान्तिपुर्ण जनमतको बाटोबाट आफ्ना मागहरु पुरा गर्ने दृढ अठोट गरेको छ। यता सरकार उसलाई सो कदममा क्रियाशील हुनका लागि मार्ग प्रसस्त गरिदिनुलाई सरकारको सफलता मानिरहेको छ र उता सिके रावत जनमत संग्रहका लागि सरकार तैयार रहेको अभिब्यक्ति दिंदै हिड्न थालिसकेका छन् ।

यता सरकार राष्ट्रघाती नागरिकता बिधेयक जसरी पनि पास गरी सिके रावतको सपना पुरा गराउन क्रियाशिल देखिएको छ। अब आफै मनन गरौं यो उपलब्धी देश विखण्डनकारीका लागि हो वा नेपाल र नेपालीका लागि ? दिउंसै नेपालीका आंखामा छारो हालेर देश माथि षडयन्त्र गर्नेहरुबाट अझै अपेक्षा राख्न सकिन्छ ?

न सत्ता पक्ष, न प्रतिपक्ष, न कुनै राष्ट्रवादीले नै यो बिषयलाई छुन सकेकाछन् । भोलीका दिनमा भोग्नुपर्ने दुर्दसाको बाटो प्रष्ट देखेर पनि सरकार सो काम गर्न ईच्छुक र उत्साही देखिनु कति दुर्भाग्य पुर्ण छ । राजसंस्था र नेपाली जनताको बलिदानपुर्ण संघर्षबाट स्वाधिन बनाएर बचाईएको यो देशमा न शासनमा राजा छन् न जनता नै, छन् त तिनै विदेशीहरुद्वारा हतियार बनाईएका लेण्डुपहरु । यिनीहरुबाट देशको संरक्षण र संबर्द्घनको कल्पना पनि गर्न सकिंदैन तर नेपाली जनताको मौनता, राजाको उदारता र नेपाली सेनाको ठेकदारीपनका कारण राष्ट्र दिनानुदिन गम्भिर अबस्थाबाट गुज्रिरहेको छ।

देशको अखण्डता, स्वाधिनता र सार्वभौमिकता प्यारो छ भने सबै नेपाली जनताहरु ढिला नगरी देशको बचाउका लागि सडकमा निस्किएर सडक संघर्ष मार्फत विदेशी शक्तिहरुलाई परास्त गरि मुलुक जोगाउन ढिला भैसकेको छ । यदि यो नागरिकता बिधेयक पास भयो भने संझिनुस् ५ बर्ष पनि हामी नेपाली रहने छैनौं । यो आपत्तिजनक नागरिकता बिधेयक, यो भ्रष्टाचारी, देशद्रोही आतंककारी सरकार र यो विखण्डकारी सिके रावत र उसका समुहलाई समूल अन्त्य गरेर देशबाट लखेट्न नसके यो राष्ट्र रहंदैन ।

अन्त्यमा देश रहे हामी रहन्छौं, यसका लागि नेपाली सेना र नेपाली जनता एक भएर देशको अविभावक राजसंस्था पुनस्थापना गरौं, देशद्रोहीहरुको पहिचान गरि कारबाही गरौं ।  खण्ड खण्ड भएको देशलाई अखण्ड बनाऔं र आफ्नो धर्म संस्कृतीको रक्षा गर्दै पुन: वैदिक सनातन हिन्दु अधिराज्य नेपालको निर्माण गरी देशलाई सुरक्षित र संबृद्ध बनाऔं । आजै बाट यो अभियानमा समर्पित भै राष्ट्र र राष्ट्रिय गौरब बचाऔं !!

प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५     4:23:34 PM  |

प्रतिक्रया दिनुहोस्