23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

आदर्शकाे १२ औ वार्षिक उत्सव सम्पन्न

    | प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५  

बाैनिया । कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेकाे आदर्श सामुदायिक विद्या मन्दिरकाे १२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । विद्यालयका संस्थापक केशव ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर २ प्रदेश( ख) का प्रदेशसभा सदस्य नन्द बहादुर साउद रहनु भएको थियाे ।

साे अवसरमा बाेल्दै साउदले विद्यालयहरुले शैक्षिक गतिविधिमा  मात्र सक्रिय नरहेर अतिरिक्त क्रियाकलापहरुमा समेत ध्यान दिनुपर्ने कुरामा जाेड दिनुभयो । साउदले याे युग विज्ञान र प्रबिधिकाे युग रहेकाे भाँडा त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

एक फरक प्रसंगमा बाेल्दै साउदले अाफु यस क्षेत्रकाे जनप्रतिनिधि भएको नाताले समग्र बर्दगाेरिया क्षेत्रको विकासमा लागिपर्ने दावी गर्नुभयो ।

कार्यक्रममा बर्दगाेरिया गाउँपालपका उपाध्यक्ष भगवती देवि डगाैरा थारु, नेकपा कैलालीका जिल्ला सचिव लाल बहादुर साेडारी,बर्दगाेरिया गाउँ पालिका शिक्षा शाखाका प्रशासनिक  सहायक निरिकक्षक नन्द लाल कर्ण,महुन्याल माध्यमिक विद्यालय बास्काेटिका प्रधानाध्यापक चन्द्रिका जाेशी,असाहयका लागि सहयाेगी हातहरु नेपाल बाैनियाका अध्यक्ष बल बहादुर बिष्ट लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

कार्यक्रममा बर्दगाेरिया गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत बिधालयका संस्थापक,प्रिन्सिपल तथा प्रधानाध्यापक लगायत अभिभावक हरुकाे उल्लेख्य सहभागिता रहेको थियाे ।

यसैबीच दिवसका अवसरमा ट्यालेण्ट हण्ड सिजन ४ अन्तरगत स्पिज,नृत्य तथा गायन प्रतियोगिता समेत सम्पन्न भएको छ । जसमा क्रमस स्पिजतर्फ  प्रथम सुमन रावल,नृत्यतर्फ प्रथम रितिका सुनार  प्रथम भए । कार्यक्रममा विद्यार्थिहरुले  सांस्कृतिक प्रस्तुति तथा बिज्ञान प्रदशनी समेत गरिएकाे थियाे ।

वार्षिक उत्सवकाे अवसरमा विद्यालयले वर्ष भरि गरेका विविध  गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरष्कृत गर्नुका साथै विद्यालयमा निशुल्क दन्त शिविर सञ्चालन गरेर सहयाेग गर्ने बाैनिया जेसीज बर्ष २०१९ का कार्यकारी उपाध्यक्ष तथा मालिका दन्त सेवा बाैनिया सञ्चालक केशव शाहीलाई  सम्मान गरिएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५     5:44:05 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्