22 March 2019  |   शुक्रबार, चैत्र ८, २०७५

भ्रष्टाचार रोक्न नसकेपछि प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा !

    | प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५  

काठमाडौ । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीना दिएका छ्न । देशमा व्याप्त भ्रष्टाचार रोक्न नसकेपछि उनले राजीनामा दिएका हुन ।

उनको राजिनामाको विषयलाई त्यहाँलो राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ ।पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ ।

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।
मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिनुभएको हो ।

पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५     6:47:08 PM  |

प्रतिक्रया दिनुहोस्