23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

इथियोपियन विमान दुर्घटनामा एक नेपालीसहित १५७ जनाको मृत्यु

    | प्रकाशित मितिः आइतवार, फाल्गुन २६, २०७५  

काठमाडौं । इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा एक नेपालीको पनि मृत्यु भएको छ ।सो एयरलाइन्सले इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको उल्लेख गरेको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको मृत्यु भएको छ ।एयरलाइन्सले जारी गरेको यात्रु सूचीमा नेपालका एक जना रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विमान दुर्घटनामा केन्याका ३२ जना, क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना रहेका छन् ।

यस्तै बेलायतका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् ।

 

 

प्रकाशित मितिः आइतवार, फाल्गुन २६, २०७५     11:27:06 PM  |

प्रतिक्रया दिनुहोस्