25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताप्रति प्रेस युनियन र खेलकुद प्रत्रकार मञ्च कैलालीको ध्यानाकर्षण

    | प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५  

गोविन्द बीसी,कैलाली । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता प्रति नेपाल प्रेस युनियन कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालयद्वारा संचालन गर्न लागिएको प्रतियोगिता सैद्धान्तिक रूपमा नै गलत भएको प्रेस युनियन कैलालीको ठहर छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै नेपाल प्रेस युनियन कैलालीले खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्, प्रादेशिक वा जिल्ला खेलकुद बिकास समिति अथवा खेलकुदसंग सम्बन्धित संघसंस्थाले बहन गर्दा वढी प्रभावकारी हुने जनाएको छ ।

प्रेस युनियन कैलालीले मन्त्रालयले गर्न लागेको खेलकुद प्रतियोगितामा गठन गरिएका आफू निकट कार्यकर्ता प्रचारप्रसार उपसमिति गठनमा भएको गल्ती सच्याउन माग समेत गरेको छ ।

नेपाल प्रेस युनियन, नेपाल खेलकुद पत्रकार मञ्च, थारु पत्रकार संघ, आदिवासी जनजाति पत्रकार संघ सहित विभिन्न स्थानीय, प्रादेशिक सञ्चार गृहको उचित प्रतिनिधित्वमा यस्तो प्रचार प्रसार उपसमिति गठन हुनुपर्नेमा सत्तापक्षसँग नजिक रहेका, आफू निकटका सीमित पत्रकारहरुलाई मात्रै समावेश गरी गोप्य रुपमा उपसमिति बनाईएकोमा प्रेस युनियन कैलालीले गम्भीर चासो व्यक्त गरेको अध्यक्ष श्रवण देउवाद्वारा हस्ताक्षरित बिज्ञप्ती भनिएको छ ।

यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आन्तरिक रूपमा छलफल तथा सल्लाह नै नगरि यस्तो महत्त्वपूर्ण प्रतियोगिता बारे हल्का रूपमा आएको बिज्ञप्तीलाई राजनैतिक पूर्वाग्रह तथा एकलौटी ढंगले ब्यक्तिगत धारणाका रूपमा लिएको जनाएको छ ।
सामाजिक बिकास मन्त्रालयद्वारा मंसिर २९ देखि चैत्र ३ गतेसम्म संचालन गर्न लागिएको खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्, प्रादेशिक वा जिल्ला खेलकुद विकास समिति अथवा खेलकुदसंग सम्बन्धित संघसंस्थाले बहन गर्दा वढी प्रभावकारी हुने भन्दै खेलकुद पत्रकार मञ्चका अध्यक्ष सितारमा ओझा र महासचिव प्रदिप पाठकद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि एकपक्षीय तथा एकतर्फी ढंगबाट विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको र यसरी आयोजना गरिन लागेको खेल तथा गठन गरिएका समितिहरु आफूनिकट कार्यकर्ता पाल्ने भाडो बनाउने गरेको खेलकुद पत्रकार मञ्च कैलालीको ठहर छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५     7:07:48 PM  |

प्रतिक्रया दिनुहोस्