19 August 2019  |   सोमवार, भदौ २, २०७६

प्रदेश पाँचमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत अन्तिम साता हुने

    | प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५  

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश पाँचमा आयोजना गर्ने तयारी गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत २५ गते गर्ने तयारी गरेको छ।

राखेपको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरी राखेप बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको प्रेस सल्लाहाकार रोहित दाहालले जानकारी दिए। उनका अनुसार कार्यकारी समितिको सिफारिसलाई अनुमोदन गर्न राखेप बोर्ड बैठक चैतको पहिलो साता बस्ने तयारी छ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले चैत १९ गतेबाट केही खेल सुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी सिफारिस गरिएको प्रेस सल्लाहकार दाहालले जानकारी दिएका छन्।

प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५     8:56:06 PM  |

प्रतिक्रया दिनुहोस्