20 August 2019  |   मङ्लबार, भदौ ३, २०७६

बधाई छ नेपाली चेली ! साफ च्याम्पियनसिपमा विजयी सुरुवात,भुटान ३-०ले पराजित

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५  

विराटनगर । पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा दुई एक गोल थपेको थियो ।

पहिलो हाफको १२ औं मिनेटमा योञ्जनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले तेस्रो गोल गरिन् । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र नेपालले ३–० ले खेल आफ्नो पक्षमा पा¥यो । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

 

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५     7:04:33 PM  |

प्रतिक्रया दिनुहोस्