23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

विप्लव माओवादी माथि सरकारले लगायो प्रतिबन्ध ,अब के गर्लान विप्लव ?

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५  

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका क्रियाकलापमाथि प्रतिवन्ध लगाएको छ ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले विप्लव समूहका क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो । विप्लव समूहका क्रियाकलाप आतंककारी र आपराधिक भएको निश्कर्ष सहित उसमाथि प्रतिवन्धको घोषणा गरेको जनाएको छ ।

विप्लव समूहका क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्रिपरिषद्को बठकले  निष्कर्ष निकालेको छ ।
गत शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई लुटेराको संज्ञा दिएका थिए ।

पछिल्ला दिनमा सार्वजनिक स्थानमा विस्फोटका घटना गराउँदै हिँडेपछि विप्लव समूहप्रति सरकारले कठोर रणनीति अख्तियार गर्न लागेको हो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५     9:05:26 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्