23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

ओली सरकारलाई झट्का ! तराईमा पुर्वराजाको हाईहाई,सीके रावत समेत बाईबाइ

    | प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५  

काठमाण्डौ । ओली सरकार र सीके रावतबीच भएको ११ बुदे सहमति विरुद्ध देशभर विरोध भैरहेको बेला पुर्वराजा ज्ञानेन्द्र शाहको व्यापक चर्चा चुलिएको छ ।

सरकार र सीके रावतबीचको सहमति राष्ट्रियता विरोधी भएको भन्दै मुलुकमा विरोध र आक्रोश छाउनु तथा सम्झौताको मसि सुक्न नपाउदौ तराईमा सीके समर्थकले मधेस छुट्टै देश भएको नारा र प्रचार गरिरहेका बेला पुर्वराजा शाहको तराइ भ्रमणमा  मधेसमा उल्टो परिदृश्य देखिएको छ ।

सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् भने  पूर्वराजा शाहको  भ्रमणको समर्थक र स्वागतमा व्यापक चहलपहल भएको छ ।

पुर्वराजाको व्यक्तिगत तथा धार्मिक भ्रमणको स्वागत सत्कार र उनको स्वागत सत्कारका लागी तराईमा निकै ठूलो तयारी भएको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।

जनकपुर शहरभित्र पनि ठाउँठाउँमा पूर्वराजा शाहको स्वागतमा ब्यानर टाँगिएका छन् । पुर्वराजा शाह आफ्नो ठाउँमा भ्रमणको लागि झरेपछि स्थानीय नागरिकमा खुशीयाली छाएको छ । उनको स्वागत लागि राजावादी संघ/सस्था ,राप्रपा निकट संगठन ,राष्ट्रप्रेमि नेपाली नागरिकले भव्य स्वागतको तयारी थालेको छ्न ।

शाह तराई भ्रमणका क्रममा धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लामा पुग्नेछ्न । यसअघि पूर्वमुमा बडामहारानीको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको थियो।

शाहले  यहाँ अवस्थित देवी देवताका मठमन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     2:26:24 PM  |

प्रतिक्रया दिनुहोस्