24 May 2019  |   शुक्रबार, जेष्ठ १०, २०७६

आहा ! ओजुवा तालमा डुङगा सरर ….

    | प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५  

इन्दु केसी, सुखड कैलाली । कैलालीको ओजुवा तालमा डुङगा सञ्चालनमा आएकोे छ । विश्व रामसार सुचीमा सुचिकृत घोडाघोडी ताल नजिकै रहेको ओजुवा ताल क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी डुङगा सञ्चालनको उद्घाटन गरीएको हो ।

पर्यटन प्रवद्र्धनमा थप सहयोग पुर्याउने उदेश्यका साथ बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको प्रबद्र्धन र घोडाघोडी सामुदायिक बन उपभोक्ता समितिको समन्वयमा लेक साइड इको टेल रिर्सोटले ताल क्षेत्रमा डुङगा सञ्चालन गरेको हो  ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडीमा डुङगा सञ्चालन हुनुपर्छ भन्ने भिजन पहिले देखि नै बनाएकाले अहिले आएर त्यसले  मुर्त रुप लिएको बताउनुभयो । उहाले घोडाघोडीको गलत प्रचारलाइ राम्रो प्रचारमा बदल्नुपर्नेमा जोड दिनुभयो ।

डुङगा सञ्चालन संगै सो क्षत्रमा पर्यटकको आकर्षणका लागि फुलबारी बनाउने योजना रहेको उहाले जानकारी दिनुभयो । पर्यटनको विकासका लागि निजि क्षेत्रको ठुलो भुमिका रहने बताउदै उहाले निजि क्ष्ँेत्रलाइ भित्राउन नसके सम्म पर्यटनको बिकास हुन नसक्ने बताउनुभयो ।

पर्यटन संगै पर्यावरणिय ,जैविकताका हिसाबले बिकास गर्नुपर्ने बताउदै उहाले अतिक्रमणको चपेटामा पनि परेको घोडाघोडीलाइ सबैले बचाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष्ँ दिपेन्द्र शाहिले ओजुवा तालमा डुङगा सञ्चालन हुनु खुशी भएको बताउनुभयो । उहाले घोडाघोडीको बिकासका लागि सदैब लागिपर्ने बताउनुभयो ।

लेक साइड इको टेल रिर्सोटका सञ्चालक डबल शाहले घोडाघोडीमा पर्यटक भित्राउने मुख्य उदेश्यका साथ डुङगा सञ्चालन गरीएको बताउनुभयो ।  उहाले भन्नभयो,  घोडाघोडीमा  आउने पर्यटकहरुको बसाइ लम्ब्याउन र मनोरञ्जन प्रदान गर्ने उदेश्य छ ।

पर्यटनका क्षेत्रमा राज्यले भौतिक पुर्बाधारहरुको विकास गर्ने हो,उहा भन्नुहुन्छ , पर्यटन विकासका लागि निजि क्षेत्रमा  आवश्यकता छ । संसारभरी कै निति हो । पर्यटकको सय गन्तब्यमा परेको घोडाघोडी हेर्ने लायकको र पर्यटकको मनोरञ्जन पनि हुने कुरामा उहाले विश्वास ब्यक्त गर्नुभयो ।

करीब २.५ हेक्टरमा फैलिएको ओजुवा तालमा डुङगा सञ्चालनमा आएपछि स्थानियले खुशी ब्यक्त गरेका छन ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     5:30:06 PM  |

प्रतिक्रया दिनुहोस्